नियम ९
डिवेन्चर वा अन्य ऋणपत्र जारी गर्दा अपनाउनु पर्ने प्रक्रिया
(१) कोषले डिवेन्चर वा अन्य कुनै किसिमको ऋणपत्र जारी गर्दा नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम डिवेन्चर वा अन्य कुनै किसिमको ऋणपत्र जारी गर्दा कोषले ऋणको जम्मा मूल्य भुक्तानी अवधि, व्याजको दर, व्याज भुक्तानी समय र अन्य विवरण समेत खुलाई नेपाल राज्यको कम्तीमा कुनै दुई प्रमुख पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको सूचना प्रकाशित भएपछि त्यस्तो डिवेन्चर वा ऋणपत्र खरिद गर्न चाहने व्यक्तिले आफूलाई चाहिएको डिवेन्चर वा ऋणपत्रबारे सबै कुरा खुलाई आवश्यक रकम समेत संलग्न राखी कोष समक्ष निवेदन दिनु पर्नेछ । तर कुनै व्यक्ति वा संस्थाले कति रकमको डिवेन्चर वा ऋणपत्र लिन पाउने भन्ने सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार कोषमा निहित रहनेछ ।